Logo

सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच एकता घोषणा



काठमाडौं, ५ बैशाख । मधेशी मोर्चामा आवद्ध प्रमुख घटक सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच आज पार्टी एकता भएको छ ।
मंगलबार पार्टी एकता कार्यक्रममा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र नागरिक समाजवादी अध्यक्ष राजकुमार लेखीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

सहमति पत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्ने, सीमांकनसहितको संविधान संशोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने उल्लेख छ । साथै एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गर्ने दुई पार्टीको सहमति छ ।



प्रतिक्रिया दिनुहोस्