Logo

फोटो पत्रकारहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



बैशाख ५, काठमाडौं । राजधानीमा क्रियाशील फोटो पत्रकारहरुको टोली राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ७ बुंदे ज्ञापन पत्र बुझाएको छ ।

टोलीले बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा फोटो पत्रकारहरुको कार्यालय भवन स्थापनामा सहयोग गर्न, फोटो पत्रकारहरुको न्यूनतम् पारिश्रमिक निर्धारण गर्न, जीवन बीमाको व्यवस्था गर्न, सूचना विभागबाट प्रेस पासको व्यवस्था गर्न, राजकीय र उच्चस्तरीय भ्रमणहरुमा पत्रकारहरु सहभागी गराई पर्यटन प्रवद्र्धन गर्न, फोटो पत्रकारहरुका लागि ५० लाखको अक्षय कोष स्थापना गर्न, फोटो पत्रकारहरुलाई वार्षिक सम्मानको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको समूहका सदस्य मुकुन्द कालिकोटेले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्