भोटेकोशीका पाँच दर्जन नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


काठमाडौं, ५ बैशाख । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका पाँच दर्जन नेता, कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवआगन्तुक नेता, कार्यकर्तालाई स्वागत गर्नुभएको हो ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा व्यवसायीहरु राजकुमार पौड्याल, भीमसेन कार्की, मोहन कार्की, नेपाली कांग्रेसबाट दावा ताङ्वा तामाङ, ईश्वर कार्की, टेकबहादुर थापा, हरि कार्की, किरण खड्का, लोकबहादुर भण्डारी, सूर्य श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, सुजन अधिकारी, सुजन भण्डारी, राजेन्द्र बहादुर पौड्याल, ज्ञानेन्द्र पौडेल, देवेन्द्र पौड्याल, नर्वु शेर्पा, तिलक रावत, सामाजिक अगुवाहरु जनक भण्डारी, रोमी कार्की, रबिन्द्र पौड्याल, गौतम पौड्याल, नेत्र पौड्याल, निमा शेर्पा, छिरिङ शेर्पा, साङ्वो लामा, आशा गुरुङ रहेका छन् ।

यसै गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा तेन्जुङ शेर्पा, कस्र्याङ नुर्वु शेर्पा, दावा शेर्पा, पेमा तामाङ, सुब्बा लामा, छिरिङ शेर्पा, तेङ्वा लामा, दाङ्वे तामाङ, निङ्वे तामाङ, चेङा तामाङ, रोनिश रोक्का, इन्द्र कार्की, विकास रिजाल, जेकी लामा, दावा शेर्पा, दावुडी शेर्पा लामा र नयाँ शक्तिबाट साङ्वे शेर्पा रहनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको व्यवस्था माओवादी केन्द्रको उपहार भएको बताउनु भयो ।

प्रचण्डले भन्नुभयो, ‘कतिपयले बसी वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर, यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार हो । तपाईहरु यही उपहार लिएर जनताको घरदैलोमा जानुहोस् र माओवादी केन्द्रलाई विजयी गराउनुहोस् ।’

कार्यक्रममा प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउने बारे चीनिँया राष्ट्रपतिसँग गम्भीर रुपमा कुराकानी भएको र चीनिँया राष्ट्रपतिले समेत नाका खुलाउन व्यक्तिगत रुपमै चासो दिएको बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा व्यवसायी एवं समाजसेवी राजकुमार पौडेलले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा ल्याउन माओवादीले बलिदान गरेको भन्दै त्यसको रक्षाका लागि आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

Skip This

Omoda E5 Pro