Logo

उपचार नपाउँदा गर्भवतीको मृत्यु



तेह्रथुम, ५ वैशाख । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ ।

धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।

प्रसूति व्यथा लागेको लामो समयपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएर जाँच सुरु गर्दै गर्दा आज अपराह्न मृत्यु भएको जिल्ला अस्पतालका डा मुक्तिनारायण साहले बताउनुभयो । उनी सोमबार बेलुकीबाटै बिरामी परे पनि परिवारले घरायसी औषधि र धामीझाँक्री लगाउन थालेपछि अस्पताल लैजान ढिलो भएको थियो ।

उनलाई आज दिउँसो मात्र जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनको नियमित स्वास्थ्य जाँच र परीक्षण नहुँदा निमोनियाको कारण प्रसूति हुन नसकेर ज्यान गएको डा साहले बताउनुभयो ।

गर्भावस्थामा कम्तीमा पनि चार पटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गर्भवती र शिशुको स्वास्थ्यलाई लक्ष्य गर्दै सरकारले सुरक्षित प्रसूतिका लागि करोडौँको लगानी गरे पनि यहाँ भने सदरमुकाममै गर्भवतीको नियमित स्वास्थ्य जाँच नहुनु र अस्पताल लैजान ढिला भएर मृत्यु हुनु लज्जास्पद भन्दै महिला अधिकारकर्मीले आलोचना गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्