Logo

नेपाल–भारत नयाँ थिंक ट्यांक खुल्ने भयो



द्धिपक्षीय सम्बन्ध आर्थिक साझेदारीमा अघि बढ्ने विश्वास : जोली

नयाँ दिल्ली, ५ बैशाख । नेपाल-भारत सम्बन्ध ऐतिहाँसिक र युनिक रहेको भन्दै भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध आर्थिक साझेदारीमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

नयाँ दिल्लीमा रहेका नेपाली जनप्रवद्र्धक दिपेन्द्र कँडेलसँगको संक्षिप्त भेटवार्तामा नेता जोलीले यस्तो धारणा राखेका हुन् । उनले द्धिपक्षीय सम्बन्ध आपसी विश्वास र समझदारीमा अघि बढिरहेकोले जनता जनतावीच मित्रतालाई अझै बढावा दिनुपर्नेमा जोड दिए । जोली र कँडेलवीच द्धिपक्षीय थिंक ट्यांक खोल्नेबारेमा समेत कुरा भएको थियो ।

कँडेलका अनुसार दुवैजनावीच अन्र्तराष्ट्रिय थिंक ट्यांक संस्था खोल्नेबारे सहमति भएको र उक्त संस्थामा नेपाल र भारत दुवै पक्षमा प्रतिनिधि रहने छन् । नेपाल भारतवीच धेरै थिंक ट्यांकसम्बन्धी संघसंस्थाहरु भएपनि तीनीहरुले राम्रो नतिजा नदिएको भन्दै नयाँ संस्था खोलेर भएपनि अघि बढ्नुपर्नेबारे विशेष प्रस्ताव नेता जोलीसमक्ष आफूले राखेको र जोली यसमा सहमत भएको कँडेलले जानकारी दिए ।

द्धिपक्षीय सम्बन्ध अत्यन्तै प्रगाढ भएकोले कहिलेकाहीँ समस्याहरु उत्पन्न हुनु स्वभाविक भएको तर अहिले भएका विभिन्न संघसंस्थाहरुले सही ढंगले समस्याको निराकरण गर्न नसकेकोले झनै समस्या बल्झिने कुरा दुवै पक्षले भोग्नु परेको समेत उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्