Logo

राष्ट्रपति भ्रमण पूर्ण सफल भयो र भारतको साथ पाइयो : मन्त्री महत



काठमाडौं ६ बैशाख ।
परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण सफल भएको बताएका छन् । भारतले उच्चतहको सम्मान गरेको र भेटमा भएको छलफलबाट भ्रमण निकै उपलब्धिपूर्ण रहेको उनले बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा दिल्लीबाट ऋषि धमलासँग कुराकानी गर्दै उनले नेपालको विकासका भारतले पूर्ण साथ दिएको बताए । राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयन, निर्वाचन र विकासका बारेमा जानकारी गराएको र भारतको सहयोगको अपेक्षा गरेको जानकारी गराएपछि भारतको नेतृत्वका तर्फबाट साथ रहने प्रतिवद्धता आएको बताए । नेपालको लोकतन्त्र, विकासमा साथ छ भनेपछि संविधानमा पनि साथ छ छुट्टै भन्नु जरुरी नभएको बताए ।

‘राष्ट्रपति भण्डारीले नेपालको सबै सन्दर्भको जानकारी दिनुभयो, भारतको साथ सहयोग आबश्यक छ भन्नुभयो’ मन्त्री महतले भन्नुभयो, ‘तपाईको प्रयासमा भारतको साथ छ भनेपछि अरु कुनै भन्नुपर्छ भन्ने छैन । ’ भारतीय राष्ट्रपति प्रवण मुखर्जीले अपेक्षा अनुसारको नै उत्तर आएको पनि जानकारी दिए । सबैलाई समेटेर लैजान उहाँको आग्रह रहेको बताए । भारतको सबै पक्ष र राजनीति तहको उच्चतहबाट उच्चतहको सम्मान पाएको उनले बताए । उनले औपचारीक भ्रमणको मूल कार्यक्रम नयाँ दिल्लीमा सकिएकाले आफु नयाँ दिल्लीबाटै फर्किन लागेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्