Logo

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश



काठमाडौं, ६ बैशाख। च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४-३ गोल अन्तरले जित हात पारेको हो । पहिलो लेगमा २-१ को जित निकोलेको रियल क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा बार्यनका भिडालले रातो कार्ड पाएका थिए भने रोनाल्डोले ह्याट्रिक गर्न भ्याए । खेलमा बार्यन म्युनिखले अग्रता लिएपनि परिणाम जोगाउन सकेन ।



प्रतिक्रिया दिनुहोस्