Logo

बैंककबाट ओली एक्कासी दिल्लीमा, आजै स्वदेश फर्किने



काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार सकेर आज बैंककबाट स्वदेश फर्कदै छन् ।

झण्डै दुई साता लामो उपचार बसाईपछि ओली आज स्वदेश फर्किँदैछन् । ओली नयाँ दिल्ली हुँदै काठमाडौं आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
अध्यक्ष ओली गत चैत २६ गते स्वास्थ्य उपचारका लागि बैंकक गएका थिए ।

ओलीको स्वास्थ्यमा खासै समस्या नरहेको र नियमित फलोअपका लागि बैंकक आएको उनका सहयोगीले यसअघि नै जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्