Logo

५ मधेशवादी दलहरुवीच एकता घोषणा, नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी



काठमाडौं, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एकतो भएको छ।

बिहीबार काठमाडौंस्थित् अमृतभोग पार्टी प्यालेसमा पार्टी एकताको औपचारिक घोषणा भएको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज काठमाडौंबाट पार्टी एकताको घोषणा भएको हो।

नयाँ पार्टीको नाम ‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। झन्डामा तीन रंग प्रयोग गरिने भएको छ।पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुनेछ। पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने समेत जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्