Logo

चुनाव चिन्ह नदिएसम्म निर्वाचनमा भाग लिँदैनौं : नयाँ शक्ति पार्टी नेपाल



काठमाडौं, ७ बैशाख । नयाँ शक्ति पार्टी नेपालका नेता देवेन्द्र पौडेलले संविधान संशोधन नभएसम्म र चुनाव चिन्ह नदिए आफ्नो पार्टीले चुनावमा भाग नलिने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले चुनावमा आफूहरु भाग लिने भनेर नै विभिन्न ६ बुँदे शर्तहरु अघि सारेको उल्लेख गर्दै भने,‘हामीले ७४४ वटै युनिटमा भाग लिने तयारी गरेका थियौं, तर निर्वाचन ऐन–०७३ ले दलीय चुनाव चिन्ह संसदभित्रका दललाई मात्रै दिने निर्णय गर्यो, यो निर्णय नै पूर्वाग्रही हो भनेर हामीले खारेजीको पनि माँग गरेका थियौं, अहिलेसम्म निर्णय सच्चिएको छैन्।’

उनले एउटा देशमा दुई पटक चुनाव भयो भने ईतिहाँसमा ठूलो भुल हुने समेत जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्