Logo

देउवा निवासमा काँग्रेस पदाधिकारीको बैठक, मोर्चालाई फकाउनेबारे छलफल



काठमाडौँ, ७ वैशाख । प्रमुख दल नेपाली काँग्रेसको नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठक बसेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा बैठक बसेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बैठक बसेको हो ।

बैठकमा मुलुकभर पार्टीको निर्वाचन तयारी र अवस्थाका बारेमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टीको निर्वाचन तयारी, निर्वाचनमा सर्वसम्मतरुपमा पार्टीको उम्मेदवार चयन गर्नुपर्ने विषयदेखि निर्वाचनमा सहभागी नहुने निर्णय गरेका मधेसकेन्द्रित दललाई कसरी सहमति ल्याउने भन्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

काँग्रेसले निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन पार्टीका स्थानीय संरचनालाई जिम्मा दिईसकेको छ । पार्टीले निर्वाचन तयारीका लागि सबै जिल्लामा पदाधिकारी तथा केन्द्रीय सदस्य खटाउनुका साथै घोषणापत्र तयार भइसकेको र यही वैशाख १० गते सार्वजनिक गर्ने जनाएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पार्टी नेता तथा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सहभागी हुनुहुन्थ्यो । बैठक भोलि पनि बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्