Logo

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याकउन मन्त्रीको निर्देशन



अर्थमन्त्रालयसँग १० अरब बजेट माग
काठमाडौँ, १५ बैशाख । खानेपानी तथा सरसफाइ मन्त्रालयले आधारभूत खानेपानीको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई दुई वर्षभित्रै स्वच्छ खानेपानीको पहुँचमापुर्यािउने कार्ययोजना तयार पारेको छ ।

संविधानकोधारा ३५ को स्वास्थ्य सम्बन्धी मौलिक हकको उपधारा ४ मा प्रत्येक नागरिकलाईस्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था रहेको छ ।संविधानको त्यो व्यवस्था तीन वर्ष भित्र कार्यान्वयन गनुपर्ने भन्दैखानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले प्रत्येक नागरिकलाई स्वच्छखानेपानी पहुँचमा ल्याउन निर्देशन दिएका थिए ।

मन्त्रीशाहीले ३५ लाख जनता अझै पनि स्वच्छ खानेपानीको पहुँचबाट बञ्चित भएकोतथ्याङ्क रहेको बताउँदै सबै नागरिकलाई समान रुपमा स्वच्छ खानेपानीको पहुँचमापुर्यासउने नीति अख्तियार गनुपर्ने धारणा राखे ।

संविधानलेसमेत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीमा पहुँचको हक हुनेछ भन्नेग्यारेन्टी गरेकाले त्यसलाई कार्यान्वयन गर्ने कार्ययोजना अघि बढाउनु पर्नेउनले बताए ।

मन्त्री शाहीले आधारभूत र स्वच्छखानेपानीको पहुँचबाट बाहिर रहेका नागरिक र समुदायको पहिचान गरि हरेकस्थानीय तहमा त्यस्ता नागिरकलाई केन्द्रित गरि एउटा खानेपानी योजना दिनेव्यवस्था गर्न समेत निर्देशन दिएका छन्‌ ।

मन्त्री शाहीको निर्देशन बमोजिम मन्त्रालयले एक स्थानीय तह एक खानेपानी पूर्वाधार ९आयोजना०कार्यक्रम आगामी बजेटमा समावेश गर्ने निर्णय गरेको छ ।
आधारभूत स्वच्छ खानेपानीको पहुँचबाट बञ्चित ३५ लाख नागरिकलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो कार्यक्रम बनाएको हो ।

अबको दुई वर्षभित्र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्नेराज्यको दायित्व भएकाले मन्त्रालयले त्यही अनुसारको कार्यक्रम अघि बढाउनेनिर्णय गरेको हो ।

सात सय चौवालीस स्थानीय तहमाआधारभूत खानेपानीको पहुँचबाट बञ्चित रहेका नागरिकको पहिचान गरि तिनागरिकलाई लक्षित गरि एक स्थानीय तह एक खानेपानी पूर्वाधार ९आयोजना०कार्यक्रम लागू गरिने छ ।

स्वच्छ खानेपानीको पहुँचबाटबाहिर रहेका नागरिकलाई लक्षित गरेर ल्याइएको एक स्थानीय तह एक खानेपानीयोजनाका लागि मन्त्रालयले एक अरब बजेट छुट्याएको छ । यसका लागि खानेपानीमन्त्रालयले अर्थ मन्त्रालयसँग १० अर्ब बजेट माग गरेको छ । दुई वर्ष भित्रएक स्थानीय तह एक खानेपानी आयोजना सम्पन्न गर्नका लागि २० अर्ब लाग्नेमन्त्रालयको अनुमान छ ।

अर्थ मन्त्रालयले यो बजेटमा१० अर्ब र अर्को बजेटमा १० अर्ब गरि २० अर्ब रकम दिए खानेपानी मन्त्रालयलेप्रत्येक नागरिकलाई दुई वर्षभित्र स्वच्छ खानेपानीको पहुँचमा पुर्यायउने छ ।यसका लागि अर्थ मन्त्रालयले पनि सकारात्मक जवाफ दिएको छ । मन्त्री शाहीलेआवश्यकता र औचित्यताको आधारमा पनि अर्थ मन्त्रालयले प्रत्येक नागरिकलाईस्वच्छ खानेपानीको पहुँचमा पुर्यााउने कार्यक्रमलाई सहयोग गर्नुपर्नेभनेपछि अर्थमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

खानेपानी र सरसफाइ भनेको मानिसको आधारभूत र अपरिहार्य कुरा रहेको भन्दै मन्त्री शाहीले यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले आधारभूत खानेपानीको पहुँचबाट बन्चित नागरिकको लागत संकलन गरेर त्यहि अनुसारको कार्यक्रम बनाउनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्