राष्ट्रपति भण्डारीद्धारा दुई जना राजदुत नियुक्त


काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना राजदुत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि नेपाली राजदूत पदमा डा. विश्वम्भर प्याकुरेल र ओमानका लागि नेपाली राजदूत पदमा शर्मिला पराजुली (ढकाल) लाई शुक्रबार नियुक्त गरेकी हुन् ।

प्रवक्ता मोहनप्रसाद वाग्ले जारी विज्ञप्तीमा भनिएको छ,‘आज मिति २०७४ साल बैशाख १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि  नेपाली राजदूत पदमा गुलरिया नगरपालिका-४, बर्दिया निवासी डा. विश्वम्भर प्याकुर्‍याललाई र ओमानको लागि नेपाली राजदूत पदमा मूलपानी-५, काठमाडौं निवासी श्री शर्मिला पराजुली (ढकाल) लाई नियुक्त गर्नुभएको छ ।”

Skip This

Omoda E5 Pro