Logo

सरकारमा सहभागिता जनाउनेबारे राप्रपाको अन्तिम तयारी



काठमाडौं, २४ बैशाख । प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोेग प्रस्ताव आएको भोलिपल्टै सरकारबाट बाहिरिएको कमल थापा नेतृत्वको राप्रपा एक दुई दिनभित्रै पूनः सरकारमा सहभागी हुने भएको छ ।

महाअभियोगको प्रस्ताव सत्तारुढ दलले अघि नबढाउने र प्रधान्यायाधीश कार्कीले पनि केही दिन मुद्दा नहेर्ने भद्र सहमति भएको सुईँको पाएपछि राप्रपा अध्यक्ष थापा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज एकाविहानै प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष थापावीच पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा कुरा हुनुभन्दापनि बढि सरकारमा राप्रपाको सहभागिताको बारेमा चर्चा भएको थियो । कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश कार्की्विरुद्ध महाभियोग प्रस्ताव ल्याएपछि असन्तुष्ट बनेको राप्रपा गत बैशाख १८ गते सरकारबाट बाहिरिएको थियो ।सत्तारुढ दलबाटै पुन सरकारमा सहभागि गराउन कसरत भइरहेको बेला पार्टी्भित्रपनि पुनः सरकारमा सहभागि हुनुपर्ने विषयमा लबिङ सुरु भएको छ ।

आजमात्रै भएको प्रधानमन्त्री दाहाल र थापावीचको भेटमा अध्यक्ष थापाले सरकारमा सहभागिता जनाउनेबारे प्रधानमन्त्रीसँग राय लिएका थिए । जवाफलमा प्रचण्डले केही दिन धैर्य गर्न थापालाई सुझाएको स्रोतले दाबी गर्यो ।



प्रतिक्रिया दिनुहोस्