काठमाडौ., २४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीवीच आज साँझ भेटवार्ता भएको छ ।
भेटमा राष्ट्रपति भण्डारीले कार्कीविरुद्धको महाअभियोगको बिषयमा चासो राखेको स्रोतले बतायो । राष्ट्रपति भेट्न शितलनिवास पुगेकी कार्कीसंग राष्ट्रपतिले त्यसबारेमा चासो राखेकी हुन ।
शितलनिवास स्रोतका अनुसार प्रधानन्यायाधीश कार्की आउने मंगलबार कानुन दिवसका अवसरमा सर्वोच्चले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीलाई निमन्त्रणा दिन शितल निवास गएकी हुन ।
प्रतिक्रिया