काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौँको खुलामञ्चमा हुने भएको छ।
देउवा पक्षको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्।
पोखरेलका अनुसार मतदान तथा निर्वाचन प्रक्रिया व्यवस्थित बनाउन खुलामञ्च परिसरमै विभिन्न साना निर्वाचन स्टलहरू निर्माण गरिनेछ। प्रतिनिधिहरूले ती स्टलबाट मतदान गर्ने र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया त्यहीँबाट सम्पन्न गरिने तयारी छ।
उनले समानान्तर महाधिवेशनको तयारीस्वरूप हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी पनि दिए। बाँकी जिल्लाका जिल्ला अधिवेशनसँगै प्रदेश अधिवेशनका लागि समेत मिति तय भइसकेको उनको भनाइ छ।




प्रतिक्रिया