Logo

काठमाडौं मेयरमा शाक्यलाई जिताउन ओली आँफै चुनावी प्रचारमा उत्रिए



काठमाडौं, २५ बैशाख । यही बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा प्रमुख दलका शीर्ष नेताहरु नै मैदानमा उत्रिएका छन् ।

अझ नेपालको राजधानी काठमाडौँ महानगरपालिकाको मेयर पदका आकांक्षीहरुका लागि मत माग्न शीर्ष नेताहरु नउत्रिने कुरै भएन् । हो, आफ्ना पार्टीका मेयरमा उम्मेद्धवार बनेकाहरुलाई जिताउनको लागि शीर्ष नेताहरु नै भोट माँग्नको लागि घरदैलोमा जुटेका छन्।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौँमा पार्टीका मेयर उम्मेद्वार विद्यासुन्दर मल्लिकका लागि मत माग्न लगनटोलमा घरदैलोमा जुटे। ओली स्थानीय तह निर्वाचनका लागि भक्तपुरका मतदाता हुन्।

उनी लगनटोलमा पुगेर चुनावी सभामा कार्यकर्तालाई सम्बोधन समेत गरे। ओली घरदैलोमा हात जोड्दै मत माग्न जुटे।

ओलीको साथमा पूर्व मेयर केशव स्थापित समेत साथमै थिए।मेयरका उम्मेद्वार विद्यासुन्दरले भ्रष्ट्राचारबाट काठमाडौँ महानगरलाई मुक्त पार्ने दावी उनको थियो।

उता प्रमुख दल कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह पनि मत माग्न घरदैलोमा जुटेका छन्। उनी काठमाडौँ महानगरकै मतदाता समेत हुन्।

सोमबार बिहान ठमेलस्थित १६ नंम्बरमा उनले मत मागे। सिंह काठमाडौँका मेयरका प्रत्यासी राजुराज जोशीलाई भोट माग्न घरदैलोमा निस्किएका हुन्।

उनले कांग्रेसले मात्र काठमाडौँको विकास र सम्बद्धन गर्न सक्ने दावी गरे। उनले कांग्रेसले नेपालको हरेक राजनीतिक परिवर्तनमा भूमिका खेलको दाबी गरे। उनले काठमाडौँ महानगरको विकासले आवश्यक गति लिन नसकेकाले राजनीतिक परिवर्तन गर्नेले अब आर्थिक विकास गर्ने बताए।



प्रतिक्रिया दिनुहोस्