Logo

दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्दा एमालेलाई आपत्ति नहुने



पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्न तीन दल सहमत

काठमाडौं, २५ बैशाख । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुवीच यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको मत गणना त्यही दिन गर्नको लागि सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आईतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच यस्तो सहमति भएको छ । नेताहरु आगामी वर्षको वजेट जेठ १५ मै ल्याउन सहमत भएका छन् । तर, उक्त बजेट कामचलाउ मात्रै ल्याइने र त्यसले चुनावलाई प्रभाव पार्न नहुनेमा नेताहरु सहमत भएका छन् ।

जेठ १५ मै बजेट ल्याएपछि दोस्रो चरणको चुनाव जेठ ३१ मै गर्न एमालेले पनि सहमति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्