Logo

गच्छादारलाई स्थानीय, जितेन्द्र देवलार्ई पर्यटन र दहितलाई भूमिसुधार



काठमाडौं, २५ बैशाख । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका छन्।

फोरमको सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारले जाने निर्णय गरेको हो।

यसअघि कमल थापाले नेतृत्व गरेको स्थानीय विकास मन्त्रालय गच्छदार आफैंले तथा पर्यटन र भुमिसुधार मन्त्रालयका लागि जितेन्द्र देब र गोपाल दहितलाई पठाउने भएको छ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व राष्ट्रिय अध्यक्ष गच्छदारले नै गर्नेछन्। थापाले लिएको उपप्रधान तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी गच्छदारलाई दिईएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए।

अपरान्ह सवा ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ।



प्रतिक्रिया दिनुहोस्