Logo

नवनियुक्त तीन मन्त्रीद्वारा राष्ट्रपति समक्ष सपथ



काठमाडौं, २५ बैशाख । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

सोमबार बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको औपचारिक समारोहमा तीन मन्त्रीले सपथ लिनुभएको हो । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो ।

सपथ लिने मन्त्रीहरुमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा बिजयकुमार गच्छदार, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा गोपाल दहित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जितेन्द्र देव हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्