Logo

भट्टराईको दाबी : ‘अदालतले भन्नेवित्तिकै राष्ट्रपतिदेखि प्रधानमन्त्री सबै जेल जानुपर्छ’–भिडियोसहित



काठमाडौं, २६ बैशाख । नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले आकाशमा चन्द्र र सुर्य रहुञ्जेलसम्म सर्वोच्च अदालतको आदेश कसैलेपनि अस्विकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अधिवक्ता भट्टराईले यस्तो दाबी गरेका हुन् ।

पत्रकार धमलाले कार्यकारी प्रमुखले गरेको निर्णय अदालतले रोक्न मिल्छ भनेर गरेको प्रश्नमा अधिवक्ता भट्टराईले भने,‘प्रधानमन्त्री र मन्त्रिपरिषदले गरेका गैर–संवैधानिक, गैरकानूनी, स्वेच्छचारी निर्णयलाई बदर गर्नकै लागि न्यायालय रहेको हो ।’

उनले अघि प्रश्न गरे,‘अदालतको आदेश नमान्ने को छ ? आकाशमा चन्द्र र सुर्य रहेसम्म अदालतको निर्णयलाई कसैले अस्विकार गर्न सक्दैन ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीमगरले अदालतको आदेश मानेर जानुको विकल्प नभएको समेत जिकिर गरे । भट्टराईले अघि थपे,‘यदि यीनीहरुले आदेश नमान्ने हो भने देशमा आन्तरिक द्धन्द्ध हुन्छ ।’

त्यतिमात्रै नभएर उनले राष्ट्रपतिले पनि अदालतको निर्णय मान्नुपर्ने बताएका छन् । उनले थपे,‘अदालतले भन्नेवित्तिकै राष्ट्रपतिदेखि प्रधानमन्त्री सबै जेल जानुपर्छ ।’

तर सँगै कार्यक्रममा रहेका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले भने सरकारको पछिल्लो प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्तावको निर्णयको बचाउ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्