Logo

उज्यालो नेपालका अभियन्ता कुलमानले रुँदै भने,‘प्रमाणित भए म झुण्डिन तयार छु’ (भिडियोसहित)



काठमाडौं, २६ बैशाख । उज्यालो नेपाल निर्माणका अभियन्ता कुलमान घिसिङ्ले आफूमाथि लागेको आरोप पुष्टि गरेर देखाउन सार्वजनिक चूनौति दिएका छन ।

मंगलबार काठमाडौंस्थित् नेपाल बिुद्युत प्राधिकरणको केन्द्रिय कार्यालयस्थित् सभा हलमा पत्रकार सम्मेलन गरेर घिसिङले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा सार्वजनिक गर्दै आरोप पुष्टि भए आफू र आफ्नो टिम झुण्डिन तयार रहेको बताए ।

उनले आफूले नेपाललाई लोडसेडिङ्मुक्त बनाउनको लागि इमान्दार भएर काम गरेको सुनाए ।

यतिमात्रै उनले के भनेका थिए घिसिङ् एकाएक भावुक भएर आँशु नै बर्रबर्र झारेका थिए । उनले भने,‘म माथि जुन आरोप लागेका छन्, यसले मलाई निकै चित्त दुःखेको छ ।’ उनले एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन, पैसा खानु नै छ भने २४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

 

घिसिङले अघि भने, ‘यदि मेरो कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ, अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए ।  उनले आरोप प्रमाणित भए आफू देश छोड्न तयार रहेको बताए ।

भारत सरकारसँग सहमति गरेर १३५ र १४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

 

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्