Logo

प्रधानमन्त्रीद्धारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश



काठमाडौँ, २६ वैशाख । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७२/७३ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन आज प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपतिसमक्ष नेपालको संविधानको धारा ५३ बमोजिम प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्