Logo

एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु



दोलखा, २७  बैशाख । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब ११ बजेतिर भएको झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको हो ।उनका बुवा स्थानीय तह चुनावमा खुलाबाट वडा सदस्यको पदमा उम्मेदवार हुन् ।

एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गर्दा घटना भएको स्थानीयबासिन्दाले बताएका छन् । झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षकसमेत रहेका गौरीशंकर गाउँपालिका-२ का दिलबहादुर बुढाथोकी घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । झडपपछि एमाले कार्यकर्ताले प्रयोग गरेका तीन वटा मोटरसाइकल र एउटा बोलेरो जीपमा समेत आगो लगाइएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्