Logo

चुनाव लक्षित गरेर आज राति १२ बजे देखि रसुवागढी केरुङ नाका बन्द हुने



रसुवा, २७ बैशाख । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि आज राति १२ बजे देखि रसुवागढी केरुङ नाका बन्द हुने भएको छ ।
सुरक्षा अबस्थालाई ध्यानमा राखि दुबै तर्फ नाकामा हुदै आएको आबागमन बन्द गरिने भएको हो । चुनाव हुनु भन्दा ७२ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका बोर्डर एडमिनिस्ट्रेसन कमिटिका प्रमुख बीच भएको बैठकले रसुवागढी नाका बन्द गर्ने सहमति भएको हो ।

निर्बाचनका लागि आज देखि वैशाख ३१ गते राति १२ बजेसम्म ९६ घण्टा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

 



प्रतिक्रिया दिनुहोस्