Logo

सिटौलाले भने,‘जेठ १ गते नै प्रचण्डले राजिनामा दिन्छन’



काठमाडौं, २७ बैशाख । प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठ १ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिने दाबी गरेका छन् ।

नेता सिटौलाले सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रवीच भएको भद्र सहमति अनुसार नै प्रधानमन्त्री दाहालले जेठ १ गते नै पदबाट राजिनामा दिने र जेठ २ गतेबाट नै काँग्रेस सभापति शरेबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न तयारी थाल्ने बताए ।

सिटौलाले दुई पार्टीवीच भएको भद्र सहमति अनुसार नै प्रधानमन्त्री दाहालले रिजाईन सहमति भएकोले उक्त सहमति कुनै हालतमा नतोडिने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्