Logo

पर्यवेक्षकबाट आचारसंहितको पूर्णपालना हुनुपर्छ : राणा



काठमाडौँ, २७ वैशाख । नागरिक समाजका अग्रज हिमालय शमशेर राणाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन पर्यवेक्षक निर्वाचन आचार संहितको पूर्णपालन गर्न निर्देशन भएको छ ।

आम निर्वाचन पर्यवेक्षक समिति नेपालबाट स्थानीय तहको निर्वाचनमा काठमाडाँै, भक्तपुर र ललितपुरमा खटिने पर्यवेक्षकका लागि आज आयोजित प्रशिक्षणमा उहाँले लोकतन्त्रको आधारस्तम्भको रुपमा रहने निर्वाचनको महाभियानमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।

पूर्वसचिव खेमराज रेग्मीले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन सबै नेपाली जनता जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले मतदान गोप्य तथा निर्वाचनका अरु प्रक्रिया पारदर्शी भए नभएकोेबारे विस्तृतरुपमा पर्यवेक्षण गर्न निर्देशन दिनुभयो ।

निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले क्षमता विकास, समन्वय, सहभागिता, साझेदारी, जवाफदेहिता, व्यापकता र नियमन गर्ने जस्ता विषयलाई समेटेर अघि बढने रणनीति एवम् कार्यनीतिअनुसार पर्यवेक्षण सम्बन्धी व्यवस्था गरिएको बताउनुभयो । उक्त प्रशिक्षणमा ८० भन्दा बढी पर्यवेक्षकको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्