Logo

निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा प्रधानमन्त्रीदेखि दलका नेताले समेत गरे हस्ताक्षर



काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

बुधबार अपरान्ह आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको हो । निर्वाचन आयोगले मतदान र मत गणनाको समयमा पनि आफ्ना कार्यकर्तालाई संयमित बनाउन आग्रह गरेको छ ।

हस्ताक्षर गर्नेहरुमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, उप्रधानमन्त्री विजयकुमार गच्छदार, फोरमबाट सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, नयाँ शक्ति नेपालबाट बाबुराम भट्टराईले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा एमालेले दोलखा घटनाबारे आयोग र दलहरुको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोलखाका स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको बताए ।

एमाले नेता नेम्बाङ्ले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता देखाउन मात्रै नभएर साँच्चिचकै व्यवहारमा लागु होस् भनेर आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीका संयोजक भट्टराईले सरकारमा बसेकै पार्टी माओवादीले आतंक मच्चाउने काम गरेको आरोप लगाए । साथै सरकारले चुनावलाई प्रभावित पार्ने गरी निर्णयहरु गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्