Logo

तीन दिनदेखि पटक पटक भूकम्पको झड्का !



काठमाडौं ३० बैशाख ।  संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।

वैशाख  २६ देखि २९ सम्म लगातार भूकम्पको झट्का आउने क्रम नरोकिएपछि भोटखोलावासी आतंकित भएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

जिल्लाको सदरमुकाम खाँदबारीबाट ३ दिन पैदल टाढा रहेको भोटखोला गाउँपालिकाको गोला, तुङखालीन, स्याकशिला, लुमसुङ, लिङ्गमलगायत गाउँमा अहिले पनि दिनको ३ देखि ५ पटकसम्म ठूलो आवाजसहित भूकम्पको झट्का आइरहेको भोटखोला गाउँपालिकाका उत्तरमान राईले बताए ।



प्रतिक्रिया दिनुहोस्