Logo

सरकारले ठाडै निर्वाचन आचारसंहिता उलंघन गरेपछि…



काठमाडौं ३० बैशाख । सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरु हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठककले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालाीका टिकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले निर्वाचन आचारसंहिता विपरीत दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय पनि गरेको खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्