काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँमा सुरू


काठमाडौ, २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना मंगलबार दिउँसो ४ बजेबाट तीन ठाउँमा सुरू भएको छ। परिणाम ढिलो भएको भन्दै आम जनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता दिन एकै पटक तीन ठाउँबाट गन्ने निर्णय गरेको हो।

आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबारबाट कम्तिमा तीन समूह बनाएर मतगणना गरेको जानकारी दिए।

काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ।  वडा १, २ र ३२ वडाको मतगणना सुरु भएको छ।

Skip This

Omoda E5 Pro