काठमाडौं, ६ जेठ। नवगठित राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक जारी छ ।
राजपाको केन्द्रिय कार्यालय विजुलीबजारमा जारी बैठकमा राजपाका सबै अध्यक्षहरुको सहभागिता रहेको छ । बैकठमा पहिलो चरणको स्थानीय तहको निर्वाचन पछिको राजनीति अवस्थादेखि संविधान संशोधन प्रस्ताव, दोस्रो चरणको निर्वाचन लगायतका विषयमा केन्द्रित रहेर छलफल चलिरहेको स्रोतले बताएको छ ।
राजपाले संविधान संशोधन प्रस्ताव पारित नभए र स्थानीय तहको संख्या वृद्धि नभए कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ। त्यस्तै उसले तराई मधेशको आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाईएका मुद्दा फिर्ता लिनुपर्ने माँग गरिरहेको छ।
प्रतिक्रिया