अख्तियार प्रमुखमा बस्नेतको नाम अनुमोदन


काठमाडौं ७ जेठ । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यातको नाम अनुमोदन गरेको छ।

यस्तै, महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम पनि समितिले अनुमोदन गरेको छ।दुवै पदाधिकारीको सुनुवाइपछि नाम अनुमोदन भएको समिति सचिव ध्रुवप्रसाद घिमिरेले बताए।

संवैधानिक परिषदको वैशाख १९ गतेको बैठकले बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। यस्तै २० गतेको बैठकले शर्मालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो।

Skip This

Omoda E5 Pro