Logo

स्वास्थ्य सचिव उप्रेतीको बिदाइ



काठमाडौँ, २९ जेठ । मङ्गलबारदेखि सेवा निवृत्त हुन लाग्नुभएका स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

सो अवसरमा सचिव डा उप्रेतीले ३८ वर्षे सेवा अवधिमा आफूले सबैखाले जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै कुनै निर्णय गर्दा हरेक समय डर लाग्ने र केही भइहाल्छ कि भन्ने भयले नछोडेको अनुभव सुनाउनुभयो ।

स्वदेशमै पढेर स्वास्थ्य कार्यकर्ता हुँदै सचिव हुने पहिलो व्यक्ति आफू नै भएको बताउँदै उहाँले “यसबीचमा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएका छन् तर कर्मचारीतन्त्र हाबी भएकाले जति सुधार हुनुपर्ने हो, त्यती हुन नसकेको पक्कै हो भन्नुभयो,।” सचिव उप्रेतीले आफू सफल हुनमा सबै कर्मचारीको साथ र सहयोग पाएको पनि बताउनुभयो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीले हरेक समय सबै कर्मचारीलाई एकै खाले व्यवहार गर्दै जस्तोसुकै अवस्थामा पनि विचलित नहुन सबैलाई सचिव उप्रेतीले सिकाएको बताउनुभयो ।

सचिव उपे्रतीले अवकाश पाएपछि प्रमुख विशेषज्ञ डा रेग्मीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्