खोटाङको रुपाकोट मझुवागढि नगरपालिकामा एमाले विजयी


खोटाङ, १८ असार । खोटाङको रुपाकोट मझुवागढि नगरपालिकामा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेद्वारलाई ६२५ मतले पछि पार्दै एमालेका दिपनारायण रिजाल मेयरमा निर्वाचित भए ।

रिजालले ५३४३ र निटतम प्रतिद्धन्द्धी काँग्रेसका राजनसेर राईले ४७१८ मत प्राप्त गरेका छन् ।उपमेयरमा माओबादी केन्द्रको उम्मेद्वारलाई ७४० मतले पछि पार्दै बिणादेवी राई विजयी भएकी हुन् । बिणादेबीले ५३६७ प्राप्त गरिन् ।