काठमाडौं, ३ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्नुपर्ने बताएका छन् । उनले निर्णयार्थ पेश गर्दा प्रस्ताव फेल भएपनि आफूहरुलाई निर्णय मान्य हुने दाबी गरे ।
मंगलबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता यादवले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने र परिणामलाई आफ्नो दलले सहर्ष स्विकार गरेर निर्वाचनमा जाने बताएका हुन् ।
त्यस्तै उनले आफूहरुले अघि सारेका राजनीतिक मुद्दाहरु जस्तो राजनीति बन्दी रिहाई, झुठा मुद्दा पिर्ता, सदिह घोषणा, घाईतेहरुको भरणपोखषण लगायतका माँगहरु पन तत्काल पूरा गर्नुपर्ने माँग गरे ।
यादवले आफूहरु निर्वाचनबाट नभाग्नेपनि बताए । उनले भने,‘हामी निर्वाचनको पक्षमा छौं, कसैले पनि यस्तो भ्रम नपाले हुन्छ, हामी लोकतान्त्रिक पार्टी हो, तर निर्वाचनमा जानुभन्दा पहिले हाम्रा माँगहरु राज्यले पूरा गर्नुपर्छ।’
त्यस्तै उनले पार्टी कसैले पनि चाहेर पनि नफुट्ने दाबी गरे । उनले थपे,‘त्रिपाठीले चाहेर पनि पार्टी फुटाउन सक्नुहुन्न, तर उहाँले पार्टीको भेला तथा गोष्ठी गर्न पाउनुहुन्छ।’
प्रतिक्रिया