निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय कमिटी बैठकको निर्णय


काठमाडौँ, ९ साउन । नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचन परिणामलाई ‘अनपेक्षित’ भन्दै विभिन्न स्थानमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।

तीन दिनसम्म बसेको कांग्रेस केन्द्रीय कमिटी बैठकले सोमबार यस्तो निर्णय गरेको हो।निर्वाचनमा अपेक्षित नतिजा नअाए पनि लोकतान्त्रिक प्रक्रिया स्वीकार्दै मतदान गर्ने जनतालाई बैठकले धन्यवाद दिएको र विभिन्न स्थानमा अन्तर्घात गर्नेहरूलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बैठक समापन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्वाचनमा घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। बैठकले संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गर्दै उक्त विधेयक पारित गर्न सबै दललाई अाग्रह गरेको छ। माअाेवादी र मधेसकेन्द्रित दलसँग भएको सहमति कार्यान्वयन गर्ने पनि बैठकले प्रतिबद्धता जनाएको छ।

 

बैठकमा सभापति देउवाले पदाधिकारी चयनमा सघाउन रामचन्द्र पाैडेललाई अाग्रह गरेका थिए। सहमतिमा नअाए मतदानबाट भए पनि टुंगो लगाउने उनले बताए। बैठकमा सहभागी स्रोतका अनुसार उनले सरकार छिट्टै विस्तार गर्ने जानकारी पनि दिएका थिए।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले भने अाफू पार्टीका लागि त्याग गर्न तयार रहेको भन्दै देउवालाई पनि त्याग गर्न अाग्रह गरे।कांग्रेस महामन्त्री सशांक कोइरालाले कम्युनिस्टसँगको सहकार्यबारे सोच्नुपर्ने बताएका थिए। अधिकांश केन्द्रीय सदस्यले भने माअाेवादीसँग सहकार्य जरुरी रहेको बताएका थिए।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी संस्थागत ढंगले नचलेको आरोप लगाउँदै पदाधिकारी चयन नहुनुको दोष देउवालाई नै जाने बताए।