काठमाडौँ । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको १७औँ बैठक आज बस्दै छ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:१५ बजे बैठक बोलाइएको छ।
बैठकको सुरुमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीबारे छलफल हुने कार्यसूची छ।
आज भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित डा. कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र बेलायत (संयुक्त अधिराज्य) का लागि प्रस्तावित राजदूत गौरवशमशेर जबराको सुनुवाइ हुनेछ।




प्रतिक्रिया