क्षतिपूर्तिको माग गर्दै शव सडकमा, पिडित आँसु पुछ्दै धर्नामा

0
Shares

काठमाडौं, २२ साउन ।शनिबार दिउँसो रौटहटको गरुडा नगरपालिका ४ मा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा परि मृत्यु भएका ४ जना बालबालिकाका अभिभावक आन्दोलित बनेका छन् ।

रौतहटको गरुडामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर शनिबार १२ वर्षकी संगीता कुमारी साह, ९ वर्षकी मुनीता कुमारी साह, सुस्मिता कुमारी साह र सुनैना कुमारी साहको ज्यान गएको हो । घाँस काट्न गएका बेला गर्मी भएपछि खोल्डोमा नुहाउन पसेका बालिकाको डुबेर ज्यान गएको हो ।

बालिकाका आफन्त तथा स्थानीय बासिन्दाले सडक विभाग र निर्माण व्यवसायीको लापरवाहीका कारण बालबालिकाको ज्यान गएको भन्दै आज बिहानैदेखि गरुडाको राजमार्गमा शव राखेर चक्काजाम गरेका छन् ।

सडक विभागले डेढ किलोमिटर नयाँ सडक बनाउने क्रममा सडकको दयाँबाँया खाल्टो खनेर त्यत्तिकै छाडेको थियो । ४ दिनदेखिको वर्षाका कारण त्यो खाल्डोमा १० फिटसम्म पानी जमेको छ ।

घटनापछि प्रहरीले सडक निर्माणको ठेक्का लिएका ठेकेदार प्रल्हाद साहलाई पक्राउ गरेको बताएको छ । निर्माण व्यवसायीको लापरवाही तथा विभागले अनुगमन नगरेका कारण बालिकाको ज्यान गएको भन्दै स्थानीयले विरोध गदै तत्काल दोषीलाई कारवार्हीका साथै क्षतिपुर्तिको माग गरेका छन् ।

चारजना बालबालिकाको निधन पछि स्थिति तनावग्रस्त बनेको छ । नुहाउने क्रममा गरुडा नपा उनिहरुको मृत्यु भएको थियोे । आज पिडित परिवारहरुले सम्बन्धी निकायाबाट क्षतिपूर्तिको ग्यारेण्टि नगरेको भन्दै गौर चपुर विरेन्द्र राजमार्गको सडकमा शव राखेर प्रदर्शन गरिरहेका छन ।

रौटहटको गरुडा नगरपालिका ४ मा सडक निर्माणको क्रममा दुर्गा निर्माण सेवाले खनेको अव्यवस्थित खाल्डोमा जमेको पानीमा डुबेर ४ बालबालिकाको मृत्यु भएको विषयले यतिबेला चर्चा पाएको छ । अर्को तर्फ पीडितले नेपाल सरकारसँग यस मर्माहत घटनाको छानबीन गरी दोषीलाई कारवाही गर्न समेत माग गरेका छन् ।