एमाले पनि संविधान संशोधनको पक्षमा आउँछ : कानुनमन्त्री थापा


भदौ १, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले नेकपा एमालेले समेत संविधान संशोधनको पक्षमा मतदान गर्ने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दे  अन्तिम समयमा एमालेले पुनर्विचार गर्ने तर्क गर्दै संविधान संशोधनमा सघाउने दाबी मन्त्री थापाले गरे ।
संविधानको सर्व स्विकार्यताको दायरालाई फराकिलो बनाउनका लागि एमाले लचक हुनुपर्ने मन्त्री थापाको तर्क छ । मन्त्री थापाले भने, “संविधान संशोधनका प्रस्ताव नेपाली कांग्रेस वा सरकारको लहडको विषय होइन ।”
प्रस्तावमा भाषा, नागरिकता, सिमाना, राष्ट्रियसभा गठन लगायतका विषयमहत्वपूर्ण भएकाले संविधान संशोधनका लागि एमालेले पनि पक्षमा मतदान गर्ने दाबी मन्त्री थापाले गरे । राष्ट्रिय मुद्धामा सबै दल एक हुनुपर्नेमा जोड दिदै उनले भने, “नेकपा एमालेले पुनर्विचार गरेर संविधान संशोधनमा सघाउँछ ।”

Skip This

Omoda E5 Pro