Logo

राजधानीमा खुल्यो हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी



काठमाडौँ, २ भाद्र । कन्शलटेन्सीहरुको बिचमा एक फरक र सुविधा सहित सहज तरिकाले विदेश जान सकिने एक मात्र हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी राजधानीको सोह्रखुट्टे चोकमा खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरेका थिए ।

दक्ष्य र अनुभवी यूवा मिली बिदेश अध्ययनगर्न जान चाहने बिद्याथीको लागी सही परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ।

यस कन्शलटेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययनगर्न जान चाहने बिद्यार्थीका लागि भाषासँगै विद्यायल र सम्बन्धित देशकोसम्पूर्ण आधारभूत जानकारी पाईने कन्शलटेन्सीले जनाएको छ ।

बिदेशी मुलकका कलेजसँग सिधैसम्पर्क भएको यस कन्शलटेन्सीमा बर्षै देखी शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता भएकोले अरु कन्शलटेन्सी भन्दा फरक तरिकाले बिद्यार्थीलाई सेवा दिने उद्देश्य सहित हेलो स्टुडेण्ट कन्शलटेन्सीका खोलिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र शिलवालले बताए ।

उनले भने,‘नेपालमा कन्शलटेन्सीहरु धेरै भएता पनि सहज तरिकाले बिद्यार्थीहरु वबदेश जान नसकी राखेको अवस्थामा हामीले यथार्थ कुराहरु बिद्याथीहरुलाई बुझाई सहज तरिकाले भाषा सिकाई त्यहाँ जानको लागि सहज तरिकाले कागजपत्र बनाउँनुको साथै विदेश गए पछि के कस्तो तरिकाले अध्यन गर्नुपर्छ र रोजगारीको लागि सम्मन्वन गरि सम्पूर्ण बिद्यार्थीहरुलाई सुविधा दिने उदेश्यले खोलिएको निर्देशक सन्तोष बाराकोटीले बताए ।



प्रतिक्रिया दिनुहोस्