गजल


–सुरेश ढुङ्गाना

शान्ति आउन त अर्को बुद्ध जन्मिनु पर्छ
बन्दुक बन्दुक लडेर बन्दुक सकिनु पर्छ

होला उन्माद कसको उर्लंदो भेलजस्तो
एकदिन उसले पनि आफैँ सङ्लिनु पर्छ

भन्छ भने सप्रन्छ ठक्कर खाएर जीवन
हो उहीबाट अगुल्टोमा मुना उम्रिनु पर्छ

शुक्लझैँ रहन्न कान्ति कृष्णको चाँदसँग
के छु आज त्यो हैन हिजो पो सम्झिनु पर्छ

कृष्ण हूँ तेरो काले कलिकी होस् तँ राधा
भुल्नै त काली तँलाई जीवन टुङ्गिनु पर्छ

शङ्करापुर–१, नाङ्लेभारे

Skip This

Omoda E5 Pro