Logo

वसन्तपुरमा इन्द्रजात्राको लिङ्गो यसरी ठड्याइयो ( फोटोफिचर)



भदौ १८, काठमाण्डौ । काठमाडौं उपत्यकामा आइतबारबाट इन्द्रजात्रा सुरु भएको छ । जात्रा आरम्भको क्रममा हनुमानढोकाको कालभैरव मन्दिरअगाडि लिङ्गो उठाइ इन्द्रध्वजा फहराइए भने भक्तपुरमा पनि पोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । लिङ्गो उठाउँदा विशेष बाजागाजासहित गुर्जको पल्टनले तोप पड्काएको थियो । परापूर्वकालमा भगवान् इन्द्र र दैत्यहरूबीच घमासान युद्ध हुँदा इन्द्रले ती दैत्यहरूमाथि विजय हासिल गरेको खुसियालीमा लिंगो ठडयाउने गरिएको किम्वदन्ती छ ।
काठमाडौ उपत्यकाका नेवार समुदायले विशेष पर्व इन्द्रजात्राको सुरुको दिनमै लिङ्गो ठड्याउने गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखा लगायतका स्थानमा पनि मनाइन्छ ।

इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने पर्वमध्ये ठूलो हो। करिब एक साता चल्ने इन्द्रजात्रामा राजधानीका विभिन्न ठाउँमा अनेकौं लाखे नाच गरिन्छ।

इन्द्रजात्रामा लाखे नाच, टाना किसी नाच, पुलु किसी नाच नाचिन्छ। जात्रामा प्रदर्शन गरिने मजिपा लाखेले गणेश, भैरव र कुमारको रथ यात्रामा पथप्रदर्शन गर्ने चलन छ।

करिब एक साता चल्ने इन्द्रजात्रामा राजधानीका विभिन्न ठाउँमा अनेकौं लाखे नाच गरिन्छ। इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने पर्वमध्ये ठूलो हो।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले काठमाडौंवासीहरु इन्द्रजात्रा मनाउन व्यस्त भएको दिनमा आक्रमण गरी विजय प्राप्त गरेको इतिहास छ । यसकारण पनि काठमाडौंवासीले इन्द्रजात्राकै दिन आफ्नो पुरानो राज्य गुमाएको अविष्मरणीय दिन हुँदै हो ।

 

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्