‘हाम्रो पार्टी पहिलो बन्ने पूरै सम्भावना छ’ : प्रचण्ड


रोल्पा, १६ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राष्ट्र निकै ठुलो अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। रोल्पाको लिवाङमा आज (शनिबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान, नेपाली जनताले नेपालको बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले चुनौती दिने दुस्साहस गरिरहेको बताए। उनले भने, ‘आज राष्ट्रको एकतालाई अक्षुण्ण राख्ने, राष्ट्रिय स्वाधीनतालाई जगेर्ना गर्ने, सुदृढ गर्ने र एउटा नयाँ शक्तिका साथ विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध एउटा नयाँ अभियान चलाउनुपर्ने आवश्यकता यतिबेला पैदा भएको छ।’

भदौ २३ गते जेनजी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने निरङ्कुश अहङ्कारी र दम्भी प्रवृत्ति एकातिर र अर्कोतिर २४ गते विध्वंस गर्ने विदेशी प्रतिक्रियावादीसँग मिलेर राष्ट्रलाई नै ठुलो संकटमा धकेल्ने प्रवृत्ति अर्कातिर उभिएको भन्दै ती दुवै प्रवृत्तिका विरुद्ध आफूहरुले राष्ट्रिय एकताको निम्ति नेकपाको गठन गरेको स्मरण गराएका छन् । सो क्रममा उनले स्वच्छ निष्पक्ष निर्वाचन हुँदा नेकपा पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको दाबी गरे ।

Skip This

Omoda E5 Pro