Logo

६८ लाख २० हजार प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ



काठमाडौं, १८ भदौ  । प्रहरीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले विशेष सूचनाका आधारमा ६८ लाख २० हजार रुपैयाँ बराबरका पुराना भारतीय नोट बरामद गरेको हो ।

भारत सरकारले प्रतिबन्ध लगाएका १ हजार र ५ सय दरका पुराना नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके कोहलपुरकी कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी रहेका छन् ।पुरानो नोटका कारोबारीले साट्नका लागी उनीहरु दुई जनालाई रकम दिएर पठाएका बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना रकमका मालिक भने हैनन् । उनीहरुलाई अन्य कुनै व्यक्तिले रकम साट्न पठाएको अवस्थामा पक्राउ परेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्