Logo

माओवादीसँगको सहकार्यलाई लम्ब्याउनुपर्ने कांग्रेस नेता खड्काको भनाई



भदौ २०, काठमाण्डौ । नेपाली कांग्रेसले प्रदेश नम्बर २ को चुनावमा १ सय स्थानमा जित्ने लक्ष्य लिएको नेता नारायण खड्काले दाबी गरेका छन् । ८ जिल्लाका १ सय ३६ स्थानमध्ये १ सय स्थानमा जित हासिल गर्ने खड्काले दाबी गरेका हुन् । जनताको मत र पार्टीको विचार एकतृत गर्नका लागि चुनावी तालमेलको कुरा चलेको खड्काको भनाई छ । “तालमेल त स्वभाविक प्रक्रिया हो निर्वाचनमा । माओवादी केन्द्र, राजपा लगायतका दलसँग चुनावी तालमेलको तयारी भइरहेको छ ।” नेता खड्काले भने ।

नारायण खड्का, नेता, नेपाली कांग्रेस

माओवादीसँगको सहकार्यलाई लम्ब्याउनुपर्ने तर्कसमेत खड्काले गरेका छन् ।
आज सबै ठाउँको उम्मेदवारको टुङ्गो लगाएर सार्वजनिक गरिने जानकारी खड्काले दिएका छन् । केही नगरपालिकामा उम्मेदवार चयन गर्न विवाद भए पनि आजै सबै टुङ्गो लगाउने बताए ।
३ प्रतिशत थ्रेसहोल्ड राख्नुको कारण बताउँदै नेता खड्काले थ्रेसहोल्ड नराख्दा विकृति मौलाएको बताए । एक, दुई जना सांसद भएको दलले सधैँ वार्गेनिङ गरेर अप्ठ्यारो पारेकाले थ्रेसहोल्ड राख्नुपरेको खड्काको तर्क छ । साना दलहरु संगठित हुन सके थ्रेसहोल्डले कुनै समस्या नहुने खड्काले बताए ।
अन्य कतिपय देशमा ५, १० प्रतिशतसम्म थ्रेसहोल्ड राखिएको उदाहरण दिदै नेता खड्काले नेपालमा ३ प्रतिशत थ्रेसहोल्ड राख्दा दीर्घकालिन रुपमा देशलाई फाइदा हुने बताए । एक वा दुई सिटे दलहरु लगातार सत्ताको खेलमा लागेकाले त्यसलाई नियन्त्रण गर्न थ्रेसहोल्ड उपयोगि हुने तर्क खड्काले गरेका छन् ।
भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिनुपर्ने बताएका नेता खड्काले चुनावमा गएपछि भ्रष्टाचारीलाई जनताले नै मूल्याङ्कन गर्ने भएकाले नियममा बाध्नु नपर्ने तर्क गरेका छन् । भ्रष्टाचारीलाई जनताले दण्डित गर्ने नेता खड्काको भनाई छ ।
कानुन बमोजिम सजायँ भुक्तान गरिसकेपछि चुनाव लड्न दिँदै कुनै फरक नपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्