Logo

धमला पत्नि एलिजाले १ करोड लगानीमा चलचित्र बनाउँने



एरिका फिल्मस प्रालिद्धारा चलचित्र ‘अनुराग’ सार्वजनिक

काठमाडौं, २१ भदौ । एरिका फिल्मस प्रोडक्सनले प्रोडक्सनको पहिलो प्रस्तुतीस्वरुप अनुराग चलचित्र सार्वजनीक गरेको छ। राजधानीको लाजिम्पाटस्थित् सांग्रीला होटलमा आज आयोजित पत्रकार सम्मेलनमा ‘अुनराग’ नामक नेपाली कथानक चलचित्र सार्वजनिक गरेको हो ।

एलिजा गौतम निर्माता रहेको उक्त चलचित्र छठपछि छायांकन हुने आयोजकले जानकारी दिएको छ। सत्यराज चौलागाँईको निर्देशनमा बन्न लागेको उक्त चलचित्र अुनराग १ करोड आर्थिक लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण पक्षले जानकारी दिएको छ।

एरिका फिल्मस् प्रोडक्सन प्रा.लिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाली चलचित्रको विकास र विस्तारको लागि एलिजा गौतमलाई साथ दिनको लागि सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

नयाँ सोच, नयाँ जोश र जाँगरका साथ नेपाली चलचित्रमा भित्रिएकी नव नायिकाको रुपमा एलिजालाई चलचित्र जगतमा स्वागत गर्नको लागि चलचित्र क्षेत्रका सम्बद्ध पक्षलाई धमलाले आग्रह गर्दै भने,‘हाम्रो नेपाली चलचित्रमा नायिकाहरु विहेपछि यो क्षेत्रलाई छोडेर विस्थापित हुन्छन्, तर एलिजा गौतम दुई सन्तानकी आमा बनेर पनि यस क्षेत्रमा आएर आफ्नो कला प्रदर्शन गर्दैछिन्, पत्रकारबिना चलचित्र र कलाकार दुवै सफल बन्दैन, त्यसैले पत्रकार साथीहरुले एलिजाजीलाई सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु।’

त्यस्तै कार्यक्रममा निर्मात्री एलिजा गौतममले चलचित्रको कथावस्तु फरक भएकाले आफ्नो पुरानो सपना पुरा गर्नको लागि आफु तयार भएको बताईन् ।
उनले भनिन्,‘म नेपालमा रहँदा यस क्षेत्रमा लागेर केही गर्ने सपना थियो, त्यसपछिका केही वर्ष म क्यानडामा बसँे, फेरीपनि नेपाल फर्किएर पुरानो सपना पुरा गर्नको लागिपरेकी छु।’

वरिष्ठ कलाकार एवम् चर्चित नायक सरोज खनालले यस अुनराग मुभिलाई अनुराग सावित गर्ने प्रण गरे । यस चलत्रिमा काठमाडौं, पोखरा र ईलामका रमणीय दृश्य कैद गरिने निर्माण पक्षले जानकारी दिएको छ।

उक्त चलचित्रको मुख्य भूमिकामा दिपक घिमिरे, एलिजा गौतम, सरोज खनाल, रुपा राना, निर्मल शर्मा आदि कलाकारहरु रहने छन् । रामकुमार के.सीको छायांकनमा कैद गरिने चलचित्रको कथा लेखन किरण दाहालको रहेको छ । पटकथा तथा संवाद सत्यराज चौलागाँई र आगत केसीको रहने छ।
नृत्य निर्देशन कविराज गहतराजको रहने चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज खनालको संगीत रहनेछ।

तस्बिर – पवन भट्टराई



प्रतिक्रिया दिनुहोस्