Logo

नेपाल गुणस्तर तथा नापतौल विभागका कर्मचारी नै घुस्याहा, यसरी समातिए ४ जना



भदौ २२, काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई अख्तियारको टोलीले पाँच लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई शुक्रबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई भक्तपुर सल्लाघारीको एक क्याफेमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्