Logo

मेयर शाक्यद्धारा सय दिनका सय काम सार्वजनिक, पत्रकारका प्रश्नै प्रश्न–विज्ञप्ती सहित



काठमाडौं, २२ भदौ । काठमाडौं महानगर पालिकाका जन प्रतिनिधिहरुले सय दिनमा गरेका कार्य प्रगती सार्वजिक गरेका छन् । स्थानिय तहको निर्वाचनका बेलामा जनताकाबीचमा गरेका बाँचा कबुलहरुको आधारमा महानगरका जनप्रतिनिधीले राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरि सयदिनमा गरेका सय काम सार्वजनिक गरेका हुन ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले जनताकोबीचमा कुबुल गरेका प्रतिबद्धताहरु केही पुरा भएको र केही कार्यन्वयनको प्रक्रियामा रहेको जानकारी दिए।

उनले भने,‘हामीले चुनावको बेलामा काठमाडौंलाई क्लिन द सिटी, ग्रिन द सिटीबनाउने, ३२ वडामा विद्युतको सहज आपुर्ति गर्ने, स्मार्ट सिटी, धुवाँ, धुलो नियान्त्ररण, अपाङगता मैत्रि सडक, भवन, सामाजिक बृद्धाभक्ता लगायतका विषयमा बोलेका थियौँ त्यसै अनुरुप कानुनले अधिकार दिए अनुसार काम गरेका छौँ।’ मेयर शाख्यले अघि थपे,‘हामीले गरेका बाहेक केही कामहरु प्रक्रियामा छन् ति सबै काम पुरा भएकै रुपमा लिनको लागि आग्रह गर्दछु।’

उनले भने,‘काठमाडौको यातायात व्यवस्था व्यवस्थितगर्न साझा यातायातका बस थप्ने काम भइरहेको छ, मनोरेल बनाउने योजनाको प्रारम्भिक तयारी भसकेको छ, महानगरपालिकाका सवै वडामा हेल्पडेस्क र सिसिटिभी जडानको काम गरिएको छ, सडक, ढल, यातायात एकीकृत रुपमा व्यवस्थानगर्ने काम भइरहेका छ।’

कार्यक्रममा सय दिनमा महानगरका जनप्रतिनिधीले गरेका कामहरुको बारेमा स्पष्ट पारेका शाक्यलााई पत्रकारहरुले प्रश्नको वर्षा बार्साएका छन् ।चुनावका बोलेका र जनाएका प्रतिवद्धताहरुलाई पालना नभएको अधिकांश पत्रकारका प्रश्नहरु उठेका थिए ।

पत्रकारका प्रश्नको जवाफमा मेयर शाक्यले आफूले गरेका प्रतिवद्धता पुरा हुन नसक्नुमा स्थानीय निकायबाट परिचालन गर्नुपर्ने योजना केन्द्रबाटै परिचालन भइरहेकाले काम गर्न नसकेको स्वीकारेका छन् ।

शाक्यले विधानले स्पष्ट गरेपनि साविककै कानुन अुनसार काम गर्नुपर्दा कम गर्न असहजता भएको तथा संघीय संविधानअनुसार स्थानीय निकाय अधिकार सम्पन्न भएपनि कतिपय काम अझै आदेशका भरमा गर्नुपर्ने चुनौति रहेको प्रकाश पारे ।

सामाखुसिको नालामा बगेर बाँचेकी सत्या सापकोटालाई १ लाखको बिमा र १० हजार नगद हस्तान्त्ररण गरेको विषयलाई पत्रकारहरुले प्रश्नको विषय बनाएका छन् ।

मानविय हिसावमा प्रदान गरेको भन्दै शाक्यले यस विषयलाई अनर्थमा नबुझ्नको लागि आग्रह गरेका छन् । त्यस्तै कार्यक्रममा तारकेश्वरको नालमा परी निधन भएकी विनिता फूयाँलको परिवारलाई २५ हजार आर्थिक सहयोग गरिएको शाक्यले जानकारी दिए ।

निवार्चित भएपछि १ बर्षे ५ बर्षे र २० बर्षे योजना पारित गरेर कामको सुरुवात गरेको र ति योजना पुरा भएपछि काठमाडौ महानगरपालिकामा काम गरेको जनताले अनुभुत गर्ने दावि गरे ।

उनले भने,‘काठमाडौको सडक, फोहोर, ढल, विजुलीका तार व्यवस्थित गर्ने काम भइरहेको छ, क्लिन सिटि योजना अनुसार १ हजार आठसय विरुवा रोपेका छौँ, सोलार बत्ति जडान, फोहोरबाट २४ किलोवाट विजुली निकाल्ने प्रयास भइरहेकोछ ।’

तस्बिर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम