Logo

मधेश पुगेका प्रचण्डले भने, “एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसकेछ”



भदौ २४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको अहिलेको गठबन्धन दीकर्घकालिन बनाउने बताएका छन् । प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको प्रचारप्रसारका लागि प्रदेश नम्बर २ मा रहेका अध्यक्ष दाहालले दुई पार्टीबिचको सम्बन्ध मजबुत बन्दै गएको बताए ।

ऋषि धमलासँग विशेष कुराकानी गर्दै अध्यक्ष दाहालले भनेका छन्, “यसपटक सोचे अनुसार चुनावी तालमेल हुन सकेन । तर राष्ट्रको आवश्यकता अनुसार कांग्रेससँगको गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।”

प्रदेश नम्बर २ को चुनावमा कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले दुई दलबिचको तालमेल प्रभावित भएको दाहालले बताएका छन् ।
पहिलेदेखि नै मधेशविरोधी अभिव्यक्ति दिदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण मधेशका जनता एमालेप्रति रुष्ट भएको अध्यक्ष दाहालको भनाई छ ।

दाहालले भने, “एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसक्यो । मधेशका जनताले एमालेलाई मन पराएनन् ।”
संविधान संशोधनमा सहयोग नगर्नु एमालेको गल्ती भएको दाहालले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा बोलेको कुराको बचाउ गर्दै दाहालले संविधान संशोधनको विरुद्धमा कोही पनि जान नहुने बताएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनका विषयमा चासो राखेकाले प्रधानमन्त्री देउवाले संविधान संशोधनको मुद्दा निरन्तर अगाडि बढ्ने बताएकोसमेत दाहालले खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्